रामेछाप । रसुवाको रसुवागडीमा आज विहान आएको बाढीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ विजुलीकोटाका ४२ वर्षिय प्रहरी सहायक निरीक्षक लालवहादुर श्रेष्ठ सहित १८ जना वेपत्ता भएका छन् ।


बाढीमा हराएका १८ जनाकै परिचय खुलेको छ । वेपत्ता हुनेहरुमा बारा जिल्ला फेटा गाउँपालिका–१ का २४ वर्षिय प्रहरी जवान मुन्ना ठाकुर, बझाङ्ग जिल्ला बुंगल नगरपालिका–९ का २३ वर्षिय प्रहरी जवान लोकेन्द्र बोहोरा रहेका छन् । उनीहरु तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेका थिए । हराएका तीनैजना प्रहरी एकै स्थानमा कार्यरत रहेका थिए ।

त्यसैगरी बाढीमा परी सिन्धुपाल्चोकका फुर्वा लामा, बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन् । जसमध्ये लामा, मोक्तान र तामाङ गाडी चालक हुन् ।


वाढीमा परी चिनिया नागरिकहरु यु युई, ली हुवाछिन, याङ चुआन, यु हाई हाङ, यु छिआओ छुई र जोउ योङ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार हराएका व्यक्तिहरुको खोजी कार्यमा जुटेको प्रहरी र स्थानियहरुको टोलीले रसुवा उत्तरगया गाउँपालिका–५ उत्तरगयाधामको खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टासहित गुप्ताङ्ग फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । हराएका सवैको खोजी कार्यमा प्रहरी जुटेको छ ।

चीनतर्फकाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरेको छ । बाढीमा फसेका नागरिकहरुको उद्धारको लागि अहिले नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार कार्यमा जुटेका छन् ।