मन्थलीको आयुर्वेद कार्यालय सर्यो

रामेछाप । आयुर्वेद तथा वैकल्पीक चिकित्सालयको कार्यालय सरेको छ । यसअघि मन्थलीको वसपार्ककै छेउमा आफ्नै कार्यालयवाट विरामीलाई सेवा दिदै आएको उक्त कार्यालयले मन्थली अस्पतालको पुरानो भवनवाट सेवा आरम्भ गरेको हो ।

अस्पतालका सवै सामाग्री सारेपछि बुधवार उक्त अस्पतालको सेवा आरम्भ बामगती प्रदेका स्वास्थ्य मन्त्री किरण थापाले गरेका हुन् । सेवा आरम्भको क्रममा मन्त्री थापाले आयुर्वेद तथा वैकल्पीक चिकित्सालयलाई अस्पतालको रुपमा विस्तार गर्न आफु लागि परेको जानकारी दिए । उनले अव पुरानो आयुर्वेद तथा वैकल्पीक चिकित्सालयलाई सुदृढ गरी थप सेवा विस्तारको लागि सुविधासम्पन्न अस्पतालको खाँचो रहेकाले त्यही अनुसार आवश्यक रणनिती वनाएर काम अघि वढाएको बताए ।

उक्त कार्यालयको प्रयाप्त जग्गा नहुँदा पुरानो दुई तले भवनवाट सेवा प्रदान गर्दै आएको थियो । पुरानो संरचना भएकाले उक्त भवन स्वास्थ्य उपकरण राखेर विरामीको उपचार गराउन ठाउँको अभाव हुँदै आएको थियो । अस्पतालमा चाहिने आवश्यक उपकरण र दक्ष जनशक्तिको समेत अभाव हुँदै आएको छ । हाल मन्मथली अस्पताल नयाँ भवनमा सरेसँगै पुरानाे खाली भएकाे साे भवनवाट आयुर्वेद चिकित्सालयको सेवा सञ्चालनमा ल्याइएको हो ।

हाल मन्थली अस्पताल मन्थलीकाे भुत्याहाखोला आफ्नै छुट्टै नयाँ सुविधासम्पन्न भवन निमार्ण गरी सेवा आरम्भ गर्दै आएको छ । हाल अस्थायी रुपमा सेवा आरम्भ गरेको आयुर्वेद चिकित्सालयले स्थायी रुपमा भने आफ्नो नाममा जग्गा नभएकाले सार्वजनिक जग्गा खोजी कार्यमा जुटेको छ । जग्गा प्राप्त गरेपछि सोही जग्गामा सुविधासम्पन्न भवन निमार्ण गर्ने लक्ष्य सो कार्यालयले लिएको छ ।

Scroll to Top