रामेछाप । मन्थली नगरपालिका–६ भलुवाजोरको सेलेघाट देखी रामेछाप नगरपालिका–३ साँघुटारसम्म जोड्ने ५० किलोमिटर सडक निमार्ण व्यवसायीको लापर्वाहीका कारण विगत ५ वर्षदेखी सवारीसाधन चालक र यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

निमार्ण व्यवसायीले उक्त सडक खण्डको काम गर्ने गरी ठेक्का लिएको भएता पनि निमार्ण व्यवसायीले धमाधम काम नगर्दा उक्त सडक हुँदै गुड्ने अधिकासं सवारीसाधन र यात्रुहरु मारमा पर्दै आएका छन् । केही समय काम गरेर सडक व्यवसायीले काम अलपत्र पारेर छोडेसँगै सो रुट हुँदै संञ्चालन हुने यातायातका साधन र यात्रीहरु वर्षेनी मार खेप्दै आएका छन् ।
सो सडक मार्ग हुँदै राजधानी काडमाठण्डौं र तराइका विभिन्न जिल्लाहरुवाट दर्जनौ गाडीहरु सेलेघाट–रामेछाप हुँदै ओखलढुङ्गासम्म जाने गर्दछन् । सोही रुट हुँदै बागमती प्रदेशको राजधानी हेटौडा जाने यातायातका साधनहरु समेत संञ्चालन हुँदै आएका छन् । सो सडक हिउँदमा कुइरिमण्डल धुलो र वर्षातमा हिलोका कारण यातायात सञ्चालनमा कठिनाई हुँदै आएको छ ।


नागरिकहरुले उक्त सडकको काम समयमा सम्पन्न गर्न धेरै पटक नगरपालिका र सम्वन्धित आयोजनालाई मौखिक, लिखित तथा डेलिकेसन जाँदासम्म निमार्ण कम्पनीले विभिन्न वहाना देखाउँदै सडकको काममा ढिलाई गर्दै आएको छ । सडकको काम समयमा सम्पन्न गर्न धेरै पटक आयोजना पक्षसँग वसेर सम्बाद भए, लिखित सहमती समेत भए तर ती सवै सहमती कार्यान्वयन भने नभएको रामेछाप नगरपालिकाका अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए ।
उक्त सडक भारतीय एक्जिम बैङ्क मार्फत बन्ने सो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल) ले कामको जिम्मेवारी पाएको छ । कम्पनीले जिम्मा लिएको काम आफैले नगरी कमिसनमा मोलमोलाई गरी नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ । सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र सडकको काम सम्पन्न गर्नेगरी कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो ।
निर्धारित समयमा काम सम्पन्न गर्नु परै जावोस् निमार्ण कम्पनीले पटकपटक म्याद थप गर्दै बस्दै आएको छ । भएको कामको पनि निमार्ण कम्पनीले कामदार र पेटी ठेकदारलाई दिनुपर्ने पैसा समेत नदिदा उनीहरु समेत समस्यामा परेका छन् । सडकको काम सुस्त भएको बिषयमा जिल्ला प्रशासन कार्यालय रामेछापमा समेत नागरिकहरुले खवरदारी गरेका छन् । नागरिकहरुले खवरदारी गर्दा समेत कामले तिव्रता पाउन सकेको छैन् ।