रामेछाप । घर नजिकैको रुखमा अरिङ्गालले लगाएको गोलो पोल्न रुख चढेका एक युवक रुखवाट लड्दा गम्भिर घाइते भएका छन् ।

आइतवार राती अरिङ्गालको गोलो पोल्न रुखमा चढ्दा लडी घाइते हुनेमा मन्थली नगरपालिका–१० चनखुका ५४ वर्षिय प्रेमवहादुर थापामगर रहेका छन् । उनको अवस्था गम्भिर रहेको छ । घाइते थापामगरको शरिरको विभिन्न भागमा चोट लागेको छ । घटनास्लवाट थापामगरको आफ्ना घर परिवारका सदस्यहरुले उद्धार गरेका थिए । घाइते थापामगरको स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागि सोमवार काभ्रेको धुलिखेल अस्पतालमा लगि थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइते थापामगरको घर नजिकैको रुखमा विगत केही महिना अघिदेखी अरिङ्गालले गुढ बनाएर बसेको थियो । पछिल्लो केही दिनदेखी उक्त अरिङ्गालले हिड्दै गरेको मानिस र पशु चौपायालाई टोक्न थालेपछि प्रेमवहादुर अरिङ्गालको गोलो पोल्ने रुख चढेका थिए । सोही क्रममा रुखवाट चिप्लीएर लड्दा उनी गम्भिर घाइते बन्न पुगेका हुन् ।
