रामेछाप । उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा सोमवार दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

गुप्तेश्वरको जंङ्गल स्थित खोल्सामा मृत अवस्थामा भेटिएका सोही गाउँका अन्दाजी ४० वर्षिय प्रकाश सुनुवार रहेको इलाका प्रहरी कार्यालय प्रितीले जनाएको छ । मृतक सुनुवारको घर पनि सोही स्थानमा रहेको र घरवाट करिव १ सय मिटर उत्तर तर्फको पाखा खोल्सामा मृत अवस्थामा उनको शव घाँस काट्न गएका स्थानियहरुले देखेपछि प्रहरीमा खवर गरेका थिए ।
घटनास्थल पुगेको प्रहरीले शव मुचुल्का तयार गरी शव पोष्र्टमार्टमको लागि दोलखाको जिरी अस्पताल पठाएको छ । घटना के कसरी घटेको हो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Views: 62