पुष्पलाल राजमार्ग अन्तर्गत मन्थली–खिम्ती सडक अवरुद्ध

रामेछाप । सडक भासिएपछि रामेछापको पुष्पलाल राजमार्ग अन्तर्ग पर्ने मन्थली–खिम्ती सडक वुधवार विहान देखी अवरुद्ध भएको छ ।

लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ स्थित हलेदे नजिकैको कालोपत्रे सहितको करिब २० मिटर सडक भासिएपछि सो सडक हुँदै सञ्चालन हुने यातायातका साधनहरु ठप्प भएका छन् । तामाकोशी नदीले तलवाट सडक मुनीको जमिन कटान गर्दा सडक भासिन पुगेको हो । सडक भासिएसँगै सो स्थानमा सडकको दुईतर्फ नै यातायातका साधनहरु रोकिएका छन् ।

सो सडक हुँदै रामेछापको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका र छिमेकी जिल्ला दोलखाको शहरे, तामाकोशी र मेलुङ्ग गाउँपालिकाबाट छुटेका यात्रुवाहक वस मार्फत सयौं यात्रुहरु सोही रुटवाट विपी राजमार्ग हुँदै राजधानी काठमाण्डौंसम्म आवतजावत गर्ने गर्दछन् । छिमेकी जिल्ला दोलखा हुँदै राजधनी जानु भन्दा यस सडकवाट राजधानीसम्म पुग्न छोटो दुरी पर्ने भएकाले यात्रुहरु वढी मात्रामा यो सडक प्रयोग गर्ने गरेका छन् ।

भासिएको उक्त सडक तत्काल खुलाउन पहल भइरहेको छ । सडक खुलाउन लिखु तामाकोशी गाउँपालिकासँग सहकार्य गरेर जेसिभी मार्फत सडकको माथिल्लो तर्फको भाग कटान गरी सो स्थानवाट सडक खुलाउने गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

Scroll to Top