रामेछाप । गोकुलगंगा गाउँपालिकाबाट बिहिवार विहान यात्रु लिएर सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बलेरो गाडी खिम्तीमा दुर्घटना हुँदा गाडीमा सवार चारजना घाइते भएका छन् ।

गोकुलगंगावाट मन्थली आउँदै गरेको बागमति प्रदेश ०३–३–०२९ च ६३६० नम्बरको बलेरो गाडी लिखु तामाकोशी गाउँपालिका–६ खिम्ती स्थित छतिवने खोला नजिकै दुर्घटनामा परेको हो । छतिवने खोला पार गर्ने बित्तिकै गाडी अनियन्त्रीत भई सडक मुनी पल्टीएको हो ।
गाडी दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–५ नामाडिका जीप चालक साङ्गे तामाङ र २२ बर्षिय नरवहादुर तामाङ घाइते भएका छन् । त्यसैगरी सोही गाउँपालिका–६ फर्पुका वर्ष नखुलेका सिंहवहादुर तामाङ र दोलखा जिल्ला तामाकोशी गाउँपालिकाकी मधु विश्वकर्मा घाइते भएका छन् ।


घाइते सवैको स्थानियहरुले घटनास्थलवाट उद्धार गरी उपचारको लागि मन्थली अस्पताल पठाएका छन् । घाइतेहरुको हाल मन्थली अस्पतालमा उपचार भइरहेको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।