विपी राजमार्गमा शुक्रवार देखी एकतर्फी गाडी चल्ने

रामेछाप । अविरल वर्षाका कारण असोज १७ गते रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको बिपी राजमार्ग शुक्रवार साँझदेखी एकतर्फी रुपमा यातायातका साधन खुलाउने गरी काम भइरहेको छ ।

बाढीले क्षति पुर्याएको उक्त सडक निमार्णको लागि हाल सडक विभाग र निमार्ण व्यवसायी दुवै तर्फवाट काम भइरहेको छ । केही दिनअघि देखी रोशी खोलाको पानीको वहाव अर्को तर्फ फर्काएर सडक निमार्णको काममा जुटेका प्राविधिक कर्मचारीहरु अहोरात्र खटेका छन् ।

क्षतिग्रस्त बिपी राजमार्गमा भइरहेको कामको अनुगमन गर्न बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ उक्त स्थानमा आइपुगेका छन् । मन्त्री घिसिङले शुक्रवारसाँझ सम्म एकतर्फी सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए । सडक अनुगमन पछि कर्मचारीहरुलाई निर्देशन दिदै मन्त्री घिसिङ राजधानी फर्किएका छन् ।

वाढीले बिपी राजमार्गको नेपालथोक देखि दाप्चापुल सम्मको ठाउँठाउँको सडकमा क्षति पुगे पछि सवारी आवागमन ठप्प रहेको छ । राजमार्गका विभिन्न भागमा गत बर्ष रोशीको बाढीले क्षति गरेकाले अस्थायी रुपमा माटो सहितको गेगर थुपारेर बनाएको सो सडक वाढीले कटान गरी झारेपछि आवागमन ठप्प भएको हो ।

हाल एकतर्फी सडक खुले पनि दुई तर्फी सडक खुलाउनको लागि का मभने भइनै रहने छ । गत बर्ष बगाएको झण्डै २९ किलोमिटर सडक खण्डलाई भविष्यमा बाढी र पहिरोबाट भरसक क्षति नहुने गरी दोहोरो यातायात संचालन हुन सक्ने सडक निर्माण गर्न विभागका सम्बन्धित डिभिजनले यसअघी ठेक्का स्वीकृत गरेको थियो ।

पूर्वि नेपालको लाईफलाईनको रुपमा रहेको विपी राजमार्ग अवरुद्ध भएपछि यातायात संचालनमा हाल लामो बाटोको भर पर्नु परेको छ । पूर्वि पहाडका जिल्लाहरुबाट काठमाडौं जाउआउ गर्न अहिले दोलखा रामेछाप हुदै खुर्कोट निस्कनु पर्ने वाध्यता छ । घुमाउरो र लामो बाटो हुँदा एकातिर समय धेरै लाग्ने, साधनमा ईन्धन पनि बढी लाग्ने साथै गाडी भाडामा पनि दोब्बर जस्तै लाग्ने गर्दा यात्रुहरु मारमा पर्ने गरेका छन् ।

Scroll to Top