अशक्त पत्रकारलाई फोनिजले दियो तालिम

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको आयोजनामा शारीरिक रुपमा अशक्त पत्रकारहरुलाई तीनदिने पत्रकारिता तालिम संचालन गरेको छ ।

रामेछापको सदरमुकमा मन्थलीमा शुक्रबारबाट शुरु भएको उक्त तालिमको उद्घाटन कार्यक्रम फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति श्रेष्ठले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकार जगतले सिमान्तकृत एबं अल्पसंख्यकहरुको आवाजलाई बढि सञ्चार माध्यममा ल्याउनुपर्नेमा जोड दिदै यस्ता कार्यक्रमले लेखन क्षमता बृद्धि हुने हुँदा नगरपालिका बाट पत्रकारहरुको क्षमता बृद्धिको कार्यक्रका लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाहरु मध्ये १२ जिल्लाका २४ जना पत्रकारहरुको सहभागीता रहेको छ । तीनदिनसम्म चल्ने उक्त तालिमको प्रशिक्षण कुमार यात्रीले दिइरहेका छन् ।

Scroll to Top