
रामेछाप । एनएलजी इन्स्योरेन्स कम्पनी उप–शाखा कार्यालय मन्थलीले कृषि, पशुपंन्छी तथा जडिवुटी वीमा सम्वन्धी अभिकर्ताको लागि आधारभूत तालिम दिने भएको छ ।

पछिल्लो समय रामेछापका किसानहरुले आफुहरुले उत्पादन गरेको कृषि जन्य उपज, घरमा पालिका पशुपंन्छी तथा जडिवुटीको विमा प्रति आर्कषण बढेसँगै उक्त कम्पनीले जिल्लाका ८ वटै स्थानिय तहमा वीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिलाई तालिम प्रदान गरी कृषि विमाको लागि गाउँगाउँ पठाउन लागेको हो ।

उक्त कम्पनीले पौष ६ गतेदेखी ८ गतेसम्म सदरमुकाम मन्थलीमा तालिम संचालन गर्न लागेको हो । तालिममा न्यूनतम एसएलसी वा सो सरह उत्तिर्ण गरी जेटिए उत्तिर्ण वा पशुपंन्छी तथा जडिवुटी सम्वन्धी कम्तीमा एक वर्षको तालिम लिएको व्यक्तिले मात्रै तालिममा सहभागीता जनाउन पाउने एनएलजी इन्स्योरेन्स उप–शाखा मन्थलीका प्रमुख मोहन धमालालले जानकारी दिए ।
रामेछापमा पहिलो पटक रामेछाप नगरपालिकाले किसानहरुले पालेको पशुको निःशुल्क विमा आरम्भ गरेको छ । सो नगरपालिकाले किसानले पालेको पशुको विमा गरिदिएपछि केही किसानहरुले आफुले लगाएको तरकारी खेतीको पनि विमा गर्न माग गरेका छन् । किसानहरुले अव पशुपंन्छीमा मात्रै हैन हरेक वालीनाली र आफुहरुले उत्पादन गरेको जडिवुटीमा पनि विमा गर्नको लागि वीमा गर्ने कम्पनी खोजिरहेको बेला एनएलजी इन्स्योरेन्स कम्पनी तातेको हो ।