बाख्रा चराउन गएकी महिलालाई पहिरालो पुर्यो,अवस्था गम्भिर

रामेछाप । बाख्रा चराउन जंगल गएकी लिखु तामाकोशी गाउँपालिका–२ सैपुकी ५८ बर्षिय लिङमा तामाङ पहिरोमा पुरिएर गम्भिर घाइते भएकी छिन् ।

घर नजिकैको जंगलमा हिजो दिउँसो बाख्रा चराउन गएकी तामाङ बसिरहेको स्थान माथिवाट अकस्मात पहिरो आई उनलाई बसेको ठाउँमै पुरेको थियो । बाख्रा चराउन गएका अन्य गोठालाहरुले तामाङलाई पहिरोले पुरेको देखेपछि तत्काल घटनास्थलवाट उद्धार गरी स्थानिय अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए ।

स्थानिय अस्पतालमा उपचार सम्भव नभएपछि सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको छ । घाइते तामाङको ढाँड र हातमा गम्भिर चोट लागेको इलाका प्रहरी कार्यालय धोवीडाँडाले जनाएको छ ।

Scroll to Top