रामेछाप । आइतवार दिउँसो अकस्मात रुपमा असिना पानी सँगै आएको हावाहुरीले रामेछापका छ वटा घरमा क्षती पुर्याएको छ ।

हावाहुरीले लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीमा उसिको रुख ढली तारामान माझीको दुई कोठे बल्कको घरमा क्षती पुर्याएको छ । उक्त घरमा करिव १० हजार रुपैयाँ बराबरको क्षती भएको प्रहरी चौकी खिम्तीले जनाएको छ । त्यसैगरी हावाहुरीका कारण सोही गाउँपालिकाको वडा नं १ दुरागाउँमा पाँचवटा घरको छाना उडाएको छ । हावाहुरीका कारण के कती क्षती पुगेको छ भन्ने एकिन विवरण संकलनको काम भने भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
हावाहुरीले सँगै आएको असिना पानीले किसानहरुले लगाएको गहुँ, उवा लगाएतका कृषि बालीमा समेत क्षती पुगेको छ । पानीले हिउँदे तरकारी सँगै अन्य बालीहरुमा राहात पुगेता पनि असिनाले क्षती पुर्याउँदा किसानहरु चिन्तित भएका छन् ।

Post Views: 39




