रामेछाप । उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा दुगड समुहबाट निमार्णाधिन ५५ मेघावाट क्षमताको लिखु–२ जलविद्युत आयोजनाले जर्वजस्त रुपमा सुरुङ्गमा हालेको पानी चुहिएपछि उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनाश बस्तीका ४२ घरपरिवार उच्च जोखिममा परेका छन् ।
आयोजना निमार्ण सम्पन्न भएपछि परिक्षणको लागि ९ महिना अघि सुरुङ्गमा हालिएको पानी चुहिएर तल्लो भागको वस्ती नै जोखिममा परेपछि स्थानियको विरोधपछि उक्त पानी सुरुङ्गमा पठाउन बन्द गरिएको थियो । सुरुङ्गमा पानी पठाउन बन्द गर्दा पनि एक महिनासम्म पानी वस्तीमा चुहिएर बन्द भएको थियो । आयोजनाले प्रभावित वस्तीका नागरिकलाई अन्यत्र सुरक्षित स्थानमा सार्न पटकपटक माग गर्दा पनि वेवास्था गर्दै पुनः केही दिन अघि सुरुङ्गमा पानी हालेपछि उक्त पानी पहिले जस्तै गरी चुहिएर बस्ती जलमग्न भएको स्थानिय राजेन्द्र घिमिरेले जानकारी दिए ।
परिक्षणको लागि भन्दै आयोजनाले सुरुङ्ग मार्फत उत्पादन गृहमा पठाएको पानी चुहिएर गुम्देलको पेकरनास बस्तीमा जताततै पानीको मुल फुटेको थियो । पानी चुहिएर वस्ती नै जोखिममा परेपछि उच्च जोखिममा रहेका १६ घरपरिवारलाई आयोजनाले सुरक्षित स्थानमा सारेको थियो । आयोजनाले सुरक्षित स्थानमा सारेका परिवारलाई खाना र वस्ने व्यवस्था समेत गर्दै आएको छ । पेकरनासमा ४२ घरधुरी वसोवास गर्दै आएका छन् ।
पानी चुहिएर वस्ती नै जोखिममा परेपछि स्थानियहरुले असुरक्षा भएको भन्दै सुरक्षित स्थानमा स्थानान्तरणको माग गर्दै आएका छन् । यता आयोजनाले भने स्थानियले गरेको मागको वेवास्ता गर्दै पानी सुरुङ्गबाट चुहिएको नभई पानीको मूल फुटेको भन्दै ढाट्दै आएको छ ।
वस्तीमा जताततै पानी नै पानी भएपछि वस्ती पहिरिने डरले स्थानीयहरुको भागाभाग नै भएको थियो । उक्त घटनापछि रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहितको टोली अनुगमनको लागि उक्त स्थानमा पुगेको थियो । अनुगमन टोलीले उक्त क्षेत्र पहिरिन सक्ने र ठूलै विपद् निम्तन सक्ने भन्दै तत्कालको लागि सुरुङ्गमा पानी बन्द गर्न निर्देशनका लागि गहृ मन्त्रालयमा पत्र पठाएको थियो ।
गृहले विद्यूत विकास विभागलाई पत्राचार गरेपछि आयोजनाले उक्त सुरुङ्गमा केही समयको लागि पानी हाल्न बन्द गरेको थियो । विद्युत विकास विभागको निर्देशन पछि लिखु नदीमा फर्काएको पानी आयोजनाले पुनः सुरुङ्गमा हालेपछि उक्त पानी वस्तीमा चुहिएको हो ।
आयोजना उत्पादन गृहको परीक्षणमा लागि परेको छ । केही समय अघि विद्युत विकास विभागले विज्ञ सहितको टोली आयोजना प्रभावित क्षेत्रमा अध्ययनको लागि पठाएको थियो । अध्ययन टोलीले विभाग र उर्जा मन्त्रालयमा प्रतिवेदन बुझाएको भएता पनि उक्त हालसम्म सार्वजनिक भएको छैन् ।