लिखु तामाकोशी गाउँपालिकाको राजश्व बढ्यो

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको आन्तरिक राजश्व रकममा बृद्धि भएको छ । सो गाउँपालिकाले गएको आर्थिक वर्ष २०७९÷०८० मा ३० लाख ७० हजार ५ सय ७१ रुपैयाँ राजश्व रकम संकलन गर्न सफल भएको छ ।

पालिकाका ७ वटै वडावाट लक्ष्य अनुसार राजश्व रकम संकलन गरिएको हो । जसमा सवैभन्दा वढी वडा नं ७ तिल्पुङ्गले ४ लाख ८७ हजार १३ रुपैयाँ राजश्व रकम संकलन गर्न सफल भएको छ । त्यस्तै सवैभन्दा कम वडा नं ३ विजुलीकोटले ९६ हजार ८ सय ६८ रुपैयाँ राजश्व रकम संकलन गरेको हो ।

त्यसैगरी वडा नं १ दुरागाउँले ३ दाख ३४ हजार २ सय ७९ रुपैयाँ, वडा नं २ सैपुले ३ लाख ६४ हजार ८ सय ३६ रुपैयाँ र वडा नं ४ विजुलीकोटले २ लाख ६३ हजार ८ सय ७ रुपैयाँ राजश्व रकम संकलन गरेको हो । त्यस्तै वडा नं ५ नागदहले ३ लाख ६४ हजार ८ सय ३६ रुपैयाँ र वडा नं ६ खिम्तीेले ३ लाख १२ हजार १ सय ८५ रुपैयाँ जम्मा गरेको हो ।

त्यस्तै गाउँपालिकाले विभिन्न शिर्षकमा गरी ८ लाख ६७ हजार ५ सय ४४ रुपैयाँ रकम संकलन गरेको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिए ।

Scroll to Top