सुनको मूल्य फेरी बढ्यो

रामेछाप । दुई दिन अघि घटेको सुनको मूल्य फेरि आज बढेको छ । आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर सुन १ लाख १३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मात्रै सुनको भाउ तोलामा १ लाख ११ हजार ९ सय रुपैयाँ थियो । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको पनि नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Scroll to Top