कुटाकुट गर्ने दुई पाइलट बिच प्रहरी कार्यालयमा मेलमिलाप

रामेछाप । तारा यएरका दुई क्याप्टेन बिच शुक्रवार विहान रामेछाप विमानस्थलमा भएको कुटाकुटको बिषयलाई लिएर प्रहरीमा परेको उजुरीमा आज साँझ प्रहरी कार्यालयमा दुवै पक्षबिच मेलमिलाप भएको छ ।

आज विहान लुक्लावाट उडान भरी रामेछाप यएरर्पोटमा अवतरण गरेका तारा यएरका क्याप्टेन सन्तोष शाहलाई सोही यएरलाइन्सका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठले हात मिलाउने क्रममा मुखमा मुक्का हिर्काएर क्याप्टेन शाहलाई भुइमा लडाई घाइते बनाई श्रेष्ठ यात्रु लिएर लुक्ला बिमानस्थल तर्फ लागेका थिए । सो घटना पछि क्याप्टेन शाहले मन्थली स्थित अस्पतालमा उपचार पछि श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय रामेछापले शोलुको लुक्ला पुगेका क्याप्टेन श्रेष्ठलाई तत्काल जिल्ला प्रहरी कार्याल्यमा उपस्थित हुन टेलिफोन मार्फत जानकारी गराएको थियो । पछि क्याप्टेन श्रेष्ठले चलाएको जहाज नेपाल उड्ड्यन प्राधिकरणले लुक्लामै ग्राउण्डेड गराएपछि अर्को जहाजमा यात्रुको रुपमा चढेर रामेछाप विमानस्थल आएका श्रेष्ठ रामेछाप विमानस्थलमा झरेर जिल्ला प्रहरी कार्यालय रामेछापमा हाजिर हुन पुगेका थिए ।

श्रेष्ठ प्रहरी कार्यालयमा पुग्दा अर्का क्याप्टेन शाह प्रहरी कार्यालयमा नै बसिरहेका थिए । प्रहरीले दुई क्याप्टेन बिच के भएको भनी छलफल चलाउँदा एकआपसमा हात मिलाउने क्रममा शाह अकस्मात लडेको र आफुले हातपात नगरेको क्याप्टेन श्रेष्ठले बताएका थिए । उल्टै आरोपित क्याप्टेन श्रेष्ठले क्याप्ठेन शाह आफ्नो गुरा भएकाले उक्त घटना प्रति क्षमा दिन श्रेष्ठले आग्रह गरेका थिए ।

यता अर्का क्याप्टेन शाहले श्रेष्ठको आग्रहलाई क्षमा दिदै अव उप्रान्त कुनै पनि समयमा रिस राग नराख्ने भनी मेलमिलाप कागजमा सहिछाप गरी अंकमाल गरेर दुईपक्ष विच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।

क्याप्टेन कुटाकुट घटनामा रामेछापका नागरिक उड्डयन कार्यालय प्रमुख निलम्वित
रामेछाप विमानस्थलमा तारा यएरका दुई क्याप्टेन विच कुटाकुट हुँदा पनि विमान उडानमा प्रतिवन्ध गर्नुको सट्टा उल्टै उडान भर्न दिएको भन्दै रामेछाप नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापालाई नागरिक उड्डन मन्त्रलाएले निलम्वन गरेको छ । निलम्वन पछि प्रमुख थापा कामकाज विहिन भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले गर्यो दुई पाइलटलाई निलम्वीत
रामेछाप विमानस्थलमा तारा यएरका दुई पाइलट विच भएको घटनालाई लिएर नागरिक उड्डयन प्राधिकरणले दुवै क्याप्टेनलाई निलम्वनमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।


दुवै क्याप्टेनले चलाएको जहाज मध्ये श्रेष्ठले उडान भरेको जहाज लुक्ला विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने शाहले उडान भरेको जहाज रामेछापमा विमानस्थलमा नै ग्राउण्डेड गरिएको छ । ग्राउण्डेड गरिएका दुवै जहाज उडानको लागि तारा यएरलाइन्सले अन्य दुई क्याप्टेन पठाएको जनाइएको छ ।


यता उक्त घटनापछि नागरिक उड्डयन प्राधिकरणले दुई क्याप्टेन श्रेष्ठ र शाहको पाइलट इजाजत पत्र रद्द गरेको जानकारी प्राप्त भएको तारा यएरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए ।

Scroll to Top