भूकम्प पिडीतको अस्थायी आवास सुरक्षाकर्मीले बनाउने

काठमाण्डौं । जाजरकोटका भूकम्प पिडीतहरुको लागि अस्थायी आवास निमार्ण गर्न सरकारले सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

उनले भनिन्– भूकम्प पिडीतहरुले अस्थायी आवास निमार्ण गर्न समस्या पर्यो भनेपछि अस्थायी आवास निमार्ण गर्न जाजरकोट र रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति रहेको हुन्छ, त्यही समितिको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाएर अस्थायी आवास निमार्ण गरिने निर्णय भएको छ ।

प्रभावित जिल्ला सुरक्षाकर्मी अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति केन्द्रले उपलव्ध गराउने समेत मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

गएको कार्तिक १७ गते राती १२ वजे जाजरकोटको कारेकोट रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा निकै धनजनको क्षती भएको थियो ।

Scroll to Top