रामेछाप । चिसो बढ्दै गएपछि विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु कठयाङ्ग्रीएर नियमित विद्यालय आउन छाडेपछि नेपाली काँग्रेस रामेछापका प्रदेश सभा (क)का क्षेत्रीय सभापति निरोज खड्काले बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा बितरण गरेका छन् ।
नेता खड्काले लिखु तामाकोशी गाउँपालिका–४ रातमाटामा रहेको श्री गैयाश्वरी आधारभूत विद्यालका कक्षा १ देखी कक्षा ७ सम्मका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । उनले आफ्नो व्यक्तिगत खर्चमा स्विटर, टोपी, जुत्ता, मोजा लगायतका कपडाहरु बितरण गरेका हुन । ग्रामिण भेगमा रहेको उक्त विद्यालयमा नेता खड्काले गरेको सहयोग साना बालबालिकाहरुलाई ठूलो उपलव्धी भएको गैयाश्वरी आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष त्रिविक्रम महतले जानकारी दिए ।
यसअघि पनि कोरोना माहामारीको बेलामा पनि नेता खड्काले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा खाद्यान्न लगाएतका राहत सामाग्री बितरण गरेका थिए । यस बाहेक नेता खड्काले गाउँमा विपद्को समयमा पनि विभिन्न आर्थिक सहयोग गर्दै आएका छन् । आफ्नो व्यक्तिगत खर्चमा बालबालिकालाई गरेको सहयोग उदाहरणिय रहेको लिखु तामाकोशी गाउँपालिका–४ का वडा अध्यक्ष दीपक पुलामी मगरले बताए ।
नेता खड्का सँगै बालबालिकालाई न्यानो कपडा वितरणको क्रममा सो विद्यालयमा पुगेका नेपाली काँग्रेस रामेछापका युवा नेता तथा जिल्ला कार्यसमिति सदस्य दीपेन्द्र खड्काले विद्यालय संञ्चालनको लागि व्यक्तिगत २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । विद्यालयलाई आर्थिक सहयोग गर्दै नेता खड्काले विद्यालयको ४ कोठे भवन निमार्णको लागि पहल गर्ने बचत समेत दिएका छन् ।