
रामेछाप । गएराती रामेछाप नगरपालिका–३ साँघुटार बजारमा रहेको प्रहरी चौकीकै आँगनमा ७ घर तथा पसल चोरी भएको छ ।

चोरी भएका ७ घर मध्ये ४ वटा घरवाट नगद ७ लाख ४५ हजार ७ सय रुपैयाँ चोरी भएको छ । चोरले स्थानिय बसन्त श्रेष्ठको घरवाट नगद ४ लाख ८० हजार नगद र १ लाख २० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, नवीन कर्मचार्यको घरबाट नगद १ लाख ५ हजार रुपैयाँ, यम बहादुर श्रेष्ठको घरबाट ४० हजार रुपैयाँ र सुन्तली वि.क.को घरबाट ७ सय रुपैयाँ चोरी भएको छ भने खड्ग बहादुर विकको के कती चोरी भएको छ त्यसको विवरण आउन बाँकी रहेको रामेछाप नगरपालिका–३ साँघुटारका वडा अध्यक्ष दलबहादुर प्रधानले जानकारी दिए ।

उनले भने– विकको घरमा सुन पसल रहेको र घरधनी अहिले परिवार समेत घरायसी कामले राजधानी गएकाले त्यस घरमा के कती चोरी भएको छ, विक आएपछि मात्रै परिणाम सार्वजनिक हुने पनि अध्यक्ष प्रधानले बताए । उनका अनुसार चोरी भएका अधिकासंको घरमा पसलहरु रहेका थिए । चोरले ती पसलको ताल्चा तोड्दै पसलभित्र पसेर नगद र रिचार्जकार्ड लगेको देखिन्छ ।
पछिल्लो समय लगातार रुपमा चोरीका घटनाहरु बढ्दै गएपछि ग्रामिण भेगमा रहेर व्यापार व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु त्रसित बनेका छन् । रामेछापमा बाक्लै रुपमा चोरीका घटनाहरु घटे पनि प्रहरीले एकदुई जनालाई मात्रै चोरी अभियोगमा पक्राउ गरेको छ । यी बाहेक अधिकासं चोरीका घटनामा पिडीतले न्याय पाउन सकेका छैनन् ।
गाउँघर तीर चोरीका घटना बढेसँगै रातीको समयमा डर त्रासमा रात कटाउनु पर्ने वाध्यता रहेको रामेछाप नगरपालिका–३ साँघुटारका बलवहादुर विकले जानकारी दिए । उनले भने– चोरीका घटनाले अब गाउँ नै असुरक्षित जस्तै भयो । प्रहरी चौकीको आँगनमा त यसरी चोरी हुन्छ भने प्रहरी पुग्न नसकेको अवस्थामा कस्तो अवस्था होला । विकले प्रति प्रश्न गरे ?
साँघुटारको प्रहरी चौकीकै हातामा चोरी हुँदा समेत प्रहरी भने बेखवर बनेको छ । स्थानियले घरमा चोरी भएको जानकारी आज विहान मात्रै थाहा पाएपछि प्रहरी चौकीमा खबर गरेका थिए । स्थानियले गरेको खवर पछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमवहादुर पराजुलीले भने– प्रहरी चौकीमा दरवन्दी अनुसारको प्रहरी नहुँदा काममा समस्या भएको बताए ।
उनले भने– प्रहरी चौकीमा ६ जनाको दरवन्दी छ । जसमा प्रायजसो १ जना विदामा नै जाने हुन्छन् । बाँकी ५ जनाले त्यहाँको सबै घटनामा प्रहरीले काम गर्न सकेको छैन । घटनाको थप अनुसन्धानको लागि जिल्लावाट केही दिनको लागि २÷३ जना थप मद्धत पठाएर चोरीमा संलग्नको खोजी कार्य गरिने प्रहरी प्रमुख पराजुलीले बताए ।