रामेछाप । नापी कार्यालयका प्रमुख जिल्लामा नबस्दा दुर्गम गाउँवाट सेवा लिन आएका सेवाग्राहीहरु मारमा परेका छन् ।
शुक्रवार कार्यालय समयमा नै राजधानी तर्फ हिडेका नापी कार्यालयका प्रमुख देवकुमार बस्नेत पाँच दिन बित्दा पनि जिल्ला फर्किएका छैनन् । नापी प्रमुख नहुँदा जग्गा शंसोधनका काम लिएर कार्यालय पुगेका अधिकासं सेवाग्राहीको काम रोकिएको छ । बिगत वर्षना नापी कार्यालय नै कित्ता छुट्याएको जग्गा नापीकै कर्मचारीको कमजोरीले एउटै कित्ता नम्वर दुई जग्गाधनीको नाममा पर्ने गरी कित्ताकाट गरिदिएको उक्त जग्गा शंसोधनका लागि शुक्रवार कार्यालय पुगेका उमाकुण्ड गाउँपालिका–१ गुम्देलका आङनिमा शेर्पा खाली हात घर फर्कन बाध्य भएका छन् ।
उनले भने– कार्यालयमा काम होला भनेर गुम्देल देखी प्रति व्यक्ति ३ हजार ५ सय गाडी भाडा तिरेर आफु सहित दुई भाई छोरा लिएर मन्थली आइपुगेका शेर्पा सोमवारसम्म सदरमुकाम मन्थलीको एक होटलमा बास बसे । घरवाट ल्याएको पैसा पनि सकियो । कार्यालयमा पटकपटक जाँदा हाकिम साहेव कहिले सोमवार कहिले मंगलवार आउनुहुन्छ भने । हाकिम कहिले आउने हुन, कतिदिन होटलमा वस्नु, पैसा सकिएकाले काम विनै घर फर्किएको शेर्पाले बताए ।
शेर्पा मात्रै हैन नापी कार्यालयमा जग्गा शंसोधनको लागि पुग्ने अधिकासं नागरिकहरुले दुःख पाउँदै आएका छन् । नापी कार्यालयमा जग्गा शंसोधनकै लागि आइतवार पुगेका मन्थली नगरपालिका–४ सालु की पार्बती कार्की पनि कार्यालय प्रमुख नभएकै कारण त्यतीकै काम विना नै घर फर्कन वाध्य भइन । उनीहरु मात्र हैन कार्यालयमा सेवा लिन गएका अधिकासं नागरिकहरु काम बिना नै फर्कनु पर्ने वाध्यता छ ।
नापी कार्यालयमा दरवन्दी अनुसारको कर्मचारी नभएको भन्दै कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई दुःख दिने काम नापीका कर्मचारीहरुले गर्दै आएका छन् । कार्यालयमा दिउँसै हुने काम रातीको समयमा गर्नुपर्छ भन्दै सेवाग्राहीसँग रकम माग्ने गरेको आफ्नो नाम नछाप्ने एक सेवाग्राहीले बताए । उनले भने– कर्मचारी छैनन्, अहिले काम हुँदैन भन्छन् । हजार, दुई हजार दियो भने काम तुरुन्तै गर्छन ।
नापी कार्यालयमा कर्मचारी नहुँदा काममा समस्या भएको बिषय लिएर कार्यालय प्रमुख वस्नेत राजधानी तर्फ गएको नापी कार्यालयका सूचना अधिकारी सुस्मीता पौडेलले जानकारी दिइन । उनले भनिन्– कार्यालयमा सेवा लिन आएका सेवाग्राही प्रमुख नहुँदा फर्कनु परेको सत्य हो । अहिले जग्गा कित्ताकाट र नक्सा प्रिन्टको काम भए पनि जग्गा शंसोधनको काम भने रोकिएको छ । प्रमुख नभई उक्त काम नहुने भएकाले सेवाग्राहीले दुःख पाएको बताइन ।
नापीमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले दुःख पाएको बिषयमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला सँग सम्र्पक गर्दा उनले कार्यालय प्रमुख जिल्ला बाहिर पाइलै चाल्नु नहुने त हुँदैन नी भन्दै गैर जिम्वेवार पूर्ण जवाफ दिदै नापी प्रमुखको बचाउ गरिन । उनले नापी प्रमुख नहुँदा सेवाग्राहीले दुःख पाएको बिषयमा आफै टेलिफोन गरेर थप जानकारी लिनु भन्दै टेलिफोन राखिन ।