तिल्पुङका वडा अध्यक्ष ठगी मुद्धामा जेल चलान

रामेछाप । पोखराको सूर्यदर्शन सहकारी संस्थामा राखेको रकम ठगी गरी फरार रहेको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाका–६ तिल्पुङका वडा अध्यक्ष एवं प्रवक्ता कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

वडा अध्यक्ष दर्लामीले पोखराका नागरिकहरुले सहकारीम राखेको रकम ठगी गरी फरार रहेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी पछि अध्यक्ष दर्लामी फरार सूचीमा रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरी कास्की प्रहरीमा पठाएको हो । उनलाई कास्की जिल्ला अदालतले कारागारमा नै राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको छ । अदालतमा भएको थुनछेक बहस पछि न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले दर्लामीलाई थुनामा पठाउने आदेश दिएको हो । दर्लामीसँगै सहकारीको रकम ठगी गरेको आरोप स्थानिय नागरिहरुले १९ जना विरुद्ध उजुरी दर्ता गरेका छन् ।

सो सहकारीका अध्यक्ष जीबी राई लगायतका अभियुक्त हालसम्म फरार रहेका छन् । सो सहकारीको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैँया ठगी गरिएको हालसम्म उजुरी परेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम समेत जोडिएको छ ।

Scroll to Top