रामेछाप । रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) नेपाल सरकारको ऊर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री बनेका छन् ।
उनलाई शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा उनीसँगै राष्ट्रपति पौडेलले अरुणकुमार चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र रुपा विकलाई वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
तीनै जना नवनियुुक्त राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै पद तथा गोपनियताको सपथ खुुवाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा आयोजीत समारोहमा प्रधानमन्त्री ओली समक्ष तीन राज्य मन्त्रीले सपथ लिएका हुन् ।
Post Views: 88