खसी चोर्दै हिड्ने युवक पक्राउ

रामेछाप । किसानको गोठमा बाँधीराखेको खसी र बोका चोर्दै बजारमा लगेर विक्रीवितरण गर्दै हिड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला फिक्कल गाउँपालिका–२ का २७ बर्षिय गोपीलाल सुनुवार रहेका छन् । उनले गत साउन २३ गते राति रामेछाप नगरपालिका–४ स्थित वीरबहादुर मगरको गोठ भित्र दाम्लाले बाँधिराखेको तीन वटा खसी चोरी भएको थियो । उक्त घटनापछि मगरले खसी चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका थिए ।

उक्त घटनापछि प्रहरी खसी चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न लागि परेको थियो । प्रहरीले सूराकीको आधारमा हराएका खसी सिन्धुलीको फिक्कल गाउँपालिका–२ मा लुकाईछिपाई राखेको सूचना राखेको सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गत इलाका प्रहरी कार्यालय खुर्कोटको समन्वयमा चोरीमा संलग्न सुनुवारलाई पक्राउ गरिएको हो ।

सुनुवारले चोरी गरी लगेका तीनवटा खसी मध्ये एकवटा खसी मात्र प्रहरीले वरामद गरेको छ । अन्य दुुईवटा खसी भने सुुनुवारले वजारमा विक्री गरिसकेका थिए । प्रहरीले सुुनुवार र खसी जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याएको छ । चोरीमा पक्राउ परेका सुनुवारलाई चोरी मुद्धामा मुद्दा दर्ता गरी जिल्ला अदालत रामेछापवाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान कार्य अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

Scroll to Top