रामेछाप । सुनको मूल्यले यसअघिका सवै रेकर्ड तोड्दै हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सुनको मूल्यमा भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । सुन सँगै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७ सय ८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Post Views: 36