रामेछाप । सुनको मूल्य लगातार रुपमा उकालो लाग्दै हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि देखिएको हो । हिजोको तुलनामा आज सुन प्रति तोला ५ सय रुपैयाँले बृद्धि भई छापावाला सुन प्रति तोला एक लाख ५७ हजार ३ सय रुपैयाँ निर्धारण भएको हो । आइतवार सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि तोलाको १५ रुपैयाँले बृद्धि भएको छ । आइतार एक हजार ९ सय रुपैयाँमा प्रतितोला विक्री वितरण भएको चाँदीको मूल्य आज बृद्धि भएर प्रति तोला एक हजार ९ सय १५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Post Views: 36