आँखामा खुर्सानीको धुलो दली सुन लुट्ने युवक कारागार चलान

रामेछाप । बृद्धा महिलाको आँखामा खुर्सानीको धुलो दलेर कानमा लगाएको सुनका गहना चोरी गर्ने युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको छ ।

लिखु तामाकोशी गाउँपालिका–५ नागदह पिपलदिपकी ६० बर्षिय सुन्तलीमै तामाङको आँखामा खुर्सानीको धुलो दली उनले लगाएको कानको रिङ्ग (कानको लोती समेत चुडालेर) चोरी गर्ने सोही गाउँकै चन्द्र घिसिङ्ग रहेका थिए । उनलाई प्रहरीले पक्राउ गरी डाँका मुद्दा दर्ता गरी मुद्दा चलाएको थियो ।

घिसिङ्गले गएको साउन ३० गते लिखु तामाकोशी गाउँपालिका–५ नागदह वडा कार्यालयमा एकल महिला भत्ताको कार्ड नविकरण गरी घर फर्कदै गरेकी सुन्तलीमैको स्थानिय आइरन खोलाको बाटोमा आँखामा खुर्सानीको धुलो आँखामा दली कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्ने युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि कारागार चलान गर्ने फैसला सुनाएको छ ।

अदालतको फैसला अनुसार घिसिङ्गलाई आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानले जानकारी दिए । उनका अनुसार यो समेत गरी रामेछापमा चोरीका घटनामा संलग्न रहेका यसअघि ७ जना पुर्पक्षका लागि कारागार पठाइएको र डाँका मुद्दामा थप एक गरी एक महिनाको बिचमा ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको पनि निरीक्षक न्यौपानले बताए ।

Scroll to Top