सुन अहिलेसम्मकै महङ्गो

रामेछाप । सुनको मूल्य अहिलेसम्मकै महङ्गो भएको छ । यसवर्ष सुनको मूल्यले किर्तीमान कायम गरेको छ ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको हो । हिजो सुनको भाउ तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो ।

सुनको मूल्य बढेसँगै केही दिन देखी चाँदीको भाउँ पनि बढ्दै गएको छ । तर आज हिजोकै दररेटमा चाँदीको किनबेच भने भइरहेको छ । आज चाँदी तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Scroll to Top