रामेछाप । केही दिनदेखी लगातार रुपमा उकालो लागेको सुनको मूल्यले आज कीर्तिमान कायम गरेको छ ।
आज सुन २ हजार रुपैयाँले मूल्य बढेको छ । विहिवार सुन प्रति तोला एक लाख ६२ हजार ४ सय रुपैयाँले कारोवार भएकोमा शुक्रवार २ हजारले बृद्धि हुँदा सुनको मूल्य प्रति तोला एक लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सँगै चाँदीको मूल्य तोलामा रु ३० ले बृद्धि भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।
Post Views: 60