रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीका स्वास्थ्य आमा समूहले नीजि खर्चमा “हरेक बार खाना चार” अभियान अन्तर्गत सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण नाङ्लो कार्यक्रम अन्तर्गत पोषण सामाग्री हस्तान्रतण गरेका छन् ।
खाँडादेवी गाउँपालिका–३ भिरपानीमा रहेको ईश्वर स्वास्थ्य आमा समुह सुनुवार खोकले गाँउकी गर्भवती महिला टिना सुनुवारलाई पोषण नाङ्लो कार्यक्रम अन्तर्गत पोषण सामाग्रीहरु हस्तान्तरण गरेका छन् । आमा समुहले यसअघि पनि सोहि वडामा रहेको लालुपाते स्वास्थ्य आमा समुह कुतुर्षाले सकुन्तला भुजेल, रविना खाती र बबिना खातीलाई,जनचेतना स्वास्थ्य आमा समूहले पोषण सामाग्री हस्तान्तरण गरेका थिए ।
त्यसैगरी सोही वडामा रहेको अर्को जनचेतना स्वास्थ्य आमा समुह भिरपानी आँपचौरले स्वस्तीका कार्की, तुलसा विक समेतलाई पोषण सामाग्रीहरु हस्तान्तरण गरेका थिए । त्यस्तै देवी स्वास्थ्य आमा समूह कम्रातीले गाउँमा रहेको गर्भवती महिलाहरु दिलमाया श्रेष्ठ र रीता श्रेष्ठलाई र जनज्योती स्वास्थ्य आमा समूह सित्खाटारले अस्मिता श्रेष्ठ र गंगा श्रेष्ठलाई पनि पोषण नाङ्लो कार्यक्रम अन्तर्गत पोषण खानेकुरा वितरण गरेका छन् ।
सोही कार्यक्रम अन्तर्गत भिरपानीकै जनसेवा स्वास्थ्य आमा समूह सित्खाले अन्जना र अस्मि माझी, बगैँचा सेतीदेवी स्वास्थ्य आमा समुहले नानुमाया माझी सहित कुल १३ जना गर्भवती महिलाहरुलाई पनि पोषण सामाग्रीहरु हस्तान्तरण गरिएको भिरपानी स्वास्थ्य चौकी आँपचउरका स्वास्थ्य कर्मी नारायण कृष्ण मानन्धरले जानकारी दिए ।
गाउँमा रहेका सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण कार्यक्रम मार्फत आफुहरुले नीजि खर्चमा पोषण समाग्रीहरु हस्तान्तरण गर्दै आएको इश्वर स्वास्थ्य आमा समुहकी सचिब एबं महिला स्वास्थ्य स्वयम सेविका तेज कुमारी सुनुवारले जानकारी दिइन । उनले भनिन्– सुत्केरी र गर्भवति महिलाहरुको स्वास्थ्यलाई ख्याल राख्दै गाउँमा शुरुवात गरिएको यस कार्यक्रमलाई निरन्तरता दिदै जाने पनि स्वंयम सेविका सुनुवारले बताइन ।