नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौं । नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्दै आएको सबै विमान ग्राउन्डेड भएपछि आन्तरिक उडान ठप्प भएको छ ।

नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर बिमान सञ्चालन भइरहेको भएता पनि गत जेठ महिनामा एउटा विमान ग्राउन्डेड भएको थियो । निगमको अर्को ट्वीनअटर बिमान पनि आइतवारदेखी ग्राउन्डेड भएपछि आन्तिरक तर्फको उडान बन्द भएको हो ।

नेपाल वायुसेवा निगमले भने विमानमा प्राविधिक समस्या देखिएकाले ग्राउन्डेड गर्नु परेको जानकारी गराएको छ ।

Scroll to Top