भटौलीमा निमार्ण गरिएको यात्रु प्रतिक्षालय समुदायलाई हस्तान्तरण

रामेछाप । नेकपा माओवादी केन्द्र मन्थली नगरपालिका–७ भटौलीको अगुवाईमा माओवादीका स्थानिय नेता स्व.दिनेश गोलेको स्मृतीमा निमार्ण गरिएको यात्रु प्रतिक्षालय एक औपाचारिक कार्यक्रम बिच समुदायलाई हस्तान्तरण गरिएको छ ।

भटौली स्थित थाक्ले खोलामा मंगलवार गरिएको कार्यक्रमका प्रमुख अतिथि पूर्व गृह राज्य मन्त्री तथा माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठ (कुशल) ले स्थानिय समुदायलाई उक्त प्रतिक्षालय हस्तारन्तण गरेका हुन् ।

स्थानिय नेकपा माओवादी केन्द्रका नेता स्व.दिनेश गोलेको स्मृतीमा गाउँका माओवादी नेता तथा कार्यकर्ताहरु र स्थानिय समाजसेवीहरु समेतको आर्थिक सहयोग संकलन गरी कुल १ लाख ५५ हजारको लागतमा उक्त यात्रु प्रतिक्षालय निमार्ण गरिएको हो ।

स्व.गोलेको स्मृतीमा निमार्ण गरिएको उक्त प्रतिक्षालय गत वर्ष नै निमार्ण सम्पन्न भएता पनि उनको बार्षिक पुन्य तिथीको अवसर पारेर उक्त प्रतिक्षालय समुदायलाई हस्तान्तरण गरिएको नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटी सचिव रामवहादुर तामाङले जानकारी दिए ।

प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका नेता तथा स्थानिय अगुवा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

Scroll to Top