
रामेछाप । कम्पनी रजिष्ट्रारको कार्यालयमा विगत वर्षदेखी बुझाउन बाँकी रहेको विवरण आगामी २०८२ असार मसान्तसम्म बुझाए ९० प्रतिशत जरिवाना रकम छुट हुने भएको छ ।

मंगलबार कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले जारी गरेको सूचना अनुसार कम्पनी दर्ता पछिको समयमा बुझाउन बाँकी कुनै पनि विवरण, सूचना वा जानकारी २०८२ असार मसान्तभित्र बुझाएमा ढिला बुझाए वापत लाग्ने जरीवानामा ९० प्रतिशतसम्म छुट दिने जानकारी दिएको हो ।

पुस २९ गते जारी भएको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश अनुसार सूचना जारी गरिएको कार्यालयले जनाएको छ । यसरी विवरण बुझाउँदा जरीवाना लाग्ने करम वा कम्पनीको चुक्ता पुँजीको शून्य दशमलव ५ प्रतिशतले हुन आउने रकम मध्ये जुन कम हुन्छ सो रकम समेत संलग्न गरी बुझाउन सकिने सो कार्यालयले जनाएको छ ।