
रामेछाप । सुनको मूल्य प्रतितोला एकहजार नौ सय रुपैयाँले बढेर बुधवार तोलाको एकलाख ६० हजार रुपैयाँ पुगेको छ ।

हिजो सुन प्रतितोला एकलाख ५८ हजार एकसय रुपैयाँ थियो । सुनको अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भईरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ९ अमेरिकी डलर बढेर २ हजार ७ सय ५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।
Post Views: 19