रामेछाप । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछापले बाह्रौ राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा रामेछापमा कारागारमा रहेका कैदी बन्दीहरुलाई पुस्तक तथा स्टेशनरी हस्तान्तरण गरेका छन् ।
कारागारमा कैद जीवन विताइरहेका कैदी बन्दीहरुलाई अध्ययनमा सहयोग पुगोस् भन्ने हेतुुले जिल्लामा रहेका विभिन्न स्टेशनरी पसलहरुले विभिन्न लेखकहरुले लेखेका पुुस्तकहरु जम्मा गरी हस्तान्तरण गरेका हुुन् ।
जिल्लामा विगत लामो समयदेखी स्टेशनरी व्यवसाय संचालनमा गर्दै आएका दिक्षित स्टेसनरी, जे.एन. पुस्तक पसल, मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक र शैक्षिक सामाग्री केन्द्रबाट प्राप्त करीव ३० हजार मूल्य बरावरका पुस्तक र स्टेशनरी सामागी रहेका छन् ।
ती सबै सामाग्रीहरु नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष सुजन घिमिरे लगाएत व्यवसायीहरुको टोलीले कारागार कार्यालय रामेछापमा पुुगेर कारागारका प्रमुुख रुपलाल तामाङलाई हस्तान्तरण गरेका हुुन । कैदी वन्दीहरुको लागि उपलव्ध गरएका पुुस्तकले कैदी बन्दीहरुलाई अध्ययनको लागि दिइने कारागार प्रमुुख तामाङले बताए ।