रामेछाप । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा रामेछापका ८ स्थानिय तहलाई ३ अर्ब ३३ करोड २६ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने भएको छ ।


संघले रामेछापका ८ वटा स्थानीय तहलाई विभिन्न शीर्षकमा उक्त रकम विनियोजन गरेको हो । सशर्त अनुदानतर्फ २ अर्ब ८ करोड ४७ लाख, समानीकरण अनुदानतर्फ १ अर्ब ४ करोड ७८ लाख, विशेष अनुदानतर्फ ५ करोड ७६ लाख र समपुरक अनुदानतर्फ १५ करोड २५ लाख वजेट छुट्याइएको छ ।
जिल्लाका दुई नगरपालिकाको लागि १ अर्व १८ करोड २० लाख र ६ वटा गाउँपालिकाको लागि २ अर्व १५ करोड ६ लाख वजेट विनियोजन गरेको हो । संघीय सरकारवाट अनुदान रकम सबैभन्दा वढी पाउने मन्थली नगरपालिका रहेको छ भने सबैभन्दा कम रकम पाउनेमा गोकुलगंगा गाउँपालिका परेको छ ।



मन्थली नगरपालिकलो ६७ करोड १७ लाख रुपैयाँ अनुदान रकम पाउँदा गोकुलगंगा गाउँपालिकाले भने ३१ करोड ९८ लाख मात्रै प्राप्त गर्ने भएको छ । त्यसैगरी रामेछाप नगरपालिकाले ५१ करोड ३ लाख, खाँडादेवी गाउँपालिकाले ४४ करोड १४ लाख र लिखु तामाकोशी गाउँपालिकाले ३५ करोड ७३ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

त्यसैगरी दोरम्बा शैलुङ्ग गाउँपालिकाले ३४ करोड ६५ लाख, उमाकुण्ड गाउँपलिकाले ३४ करोड ६२ लाख र सुनापति गाउँपालिकाले ३३ करोड ९४ लाख अनुदान संघीय सरकारबाट प्राप्त गर्ने छन् । स्ंघीय सरकारवाट प्राप्त वजेट स्थानिय तहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रमा खर्च गर्ने छन् ।