रामेछापको तामाकोशी नदीमा बन्दै गरेको मोटरेबल पुल भाच्चियो

रामेछाप । मन्थली नगरपालिका–६ कुनौरी र वडा नं ७ भटौली जोड्ने तामाकोशी नदीमा निमार्णाधिन मोटरेबल पुलको बिच भागको स्ल्याब आइतवार बिहान भाच्चिएको छ ।

उक्त पुलको निमार्णको काम अन्तिम चरणमा पुगेको बेला गत वैशाख २६ गते कुनौरी तर्फ पर्ने एउटा स्ल्याब भाचिएको थियो । भाच्चिएको ठाउँमा पुनर्निमार्ण गर्दागर्दै भत्किएको हो । निमार्णधिन उक्त पुलवको स्ल्याव भत्किएर नदीमा झरेसँगै अहिले उक्त स्थानमा पुन हेर्न जाने नागरिकहरुको घुइचो लागेको छ ।

उक्त पुल सडक विभागको पुल शाखाले २०७८÷०७९ मा टेण्डर आव्हान गरेसँगै कालिका कल्पवृक्ष जेभीले भ्याट र पिएस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा २०८२ साल भदौ महिना भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । दुई सय ३० मिटर लामो उक्त पुलको चौडाई ११ मिटरको रहेको छ । निमार्णाधिन उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृतीको हो ।

निमार्णाधिन उक्त पुल मार्फत सदरमुकाम मन्थली हुँदै क्षेत्र नं २ को खाँडादेवी, दोरम्वा शैलुङ्ग र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोडिन्छ । यस वाहेक अहिले सदरमुकाम मन्थलीवाट पुष्पलाल राजमार्ग हुँदै विपी राजमार्गवाट राजधानी आवतजावत हुँदै आएकोमा निमार्णाधिन उक्त पुलवाट सदरमुकाम मन्थलीवाट सिधै खाँडदेवी, सुनापति हुँदै काभ्रे निस्किएर राजधानी जान छोटो दुरी पर्नेछ भने सोही विपी राजमार्ग पनि सोही पुलमा जोडिने छ ।

उक्त पुल भाच्चिएसँगै आम रामेछापवासीले चिन्ता व्यक्त गरेका छन् । पुल निमार्णको क्रममा निमार्ण व्यवसायीले मापदण्ड अनुसार काम नगर्दा पुल भाचिएको हुनसक्ने आंशका रहेको स्थानियहरुले बताएका छन् । पुल निमार्णमा कहीँ कतै कमजोरी भएकै कारण यस्तो दुःखद घटना भएको मन्थली नगरपालिका–७ भटौलीका रामचन्द्र शर्माले बताए ।

Scroll to Top