रामेछापका ८ वटै स्थानिय तहले ल्याए वजेट

रामेछाप । देशका केही स्थानिय तहले अहिलेसम्म वजेट ल्याउन सकस परिरहेका बेला रामेछापका ८ वटै स्थानिह तहहरुले भने सरकारले तोकेको समयसिमा भित्रै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

अधिकासं स्थानिय तहले विगत वर्षहरुमा जस्तै यसवर्ष पनि पूर्वाधार, खानेपानी, शिक्षा, रोजगारी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर वजेट ल्याएका छन् । जसमध्ये जनसंख्याको हिसावले सबैभन्दा ठूलो सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्व ४ करोड ६५ लाख ६४ हजार २ सय २ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमा चालु खर्चमा ६८.७५ प्रतिशत र पुँजीगत खर्चमा ३१.२५ प्रतिशत विनियोजन गरेको छ ।

त्यसैगरी रामेछाप नगरपालिकाले ८० करोड ४४ लाख ५६ हजार १ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार १ सय १० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ बरावरको वजेट सार्वजनिक गरेको हो ।

त्यस्तै लिखु तामाकोसी गाउँपालिकाले ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ वरावरको वजेट सार्वजनिक गरेको हो । त्यसैगरी गोकुलगंगा गाउँपालिकाले ५६ करोड ९८ लाख ९४ हजार रुपैयाँ वरावरको वजेट ल्याएको छ भने खाँडादेवी गाउँपालिकाले ६५ करोड ८४ लाख ८१ हजार १ सय ९५ रुपैयाँ बरावरको वजेट सार्वजनिक गरेको हो ।

त्यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाले ६१ करोड १३ लाख २३ हजार ४ सय २६ रुपैयाँ बरावरको वजेट ल्याएको छ । त्यस्तै सुनापति गाउँपालिकाले ५६ करोड ५० लाख ३९ हजार र जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दोरम्बा शैलुङ गाउँपालिकाले ५५ करोड ७१ लाख ८० हजार ५ सय १ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकारले असार १० गते अर्को वर्षका लागि बजेट ल्याउनु पर्ने व्यवस्था रहेकाले सोहि व्यवस्था अनुसार जिल्लाका सबै पालिकाहरुले आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम र अनुमानित वजेट सार्वजनिक गरेका हुन् ।

Scroll to Top