रामेछाप । आफ्ना व्यवसायीहरुको हितको लागि रामेछाप उद्योग वाणिज्य संघले यसवर्षवाट विपद स्थापना कोष स्थापना गर्ने भएको छ ।


व्यवसायीहरु मध्ये कोही विपद्मा परेको बखत उनीहरुलाई राहात तथा उद्दारको लागि उक्त कोष अपरिहार्य भएको भन्दै संघले पहिलो पटक व्यवसायीहरुको हितको लागि उक्त कोष स्थापना गर्न लागेको हो । कोष स्थापनाको लागि हाल कार्यविधि बनाउने काम भइरहेको छ ।
कार्यविधिको लागि संघका विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठको संयोजकत्वमा महासचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष झनकबहादुर बुढाथोकी, सदस्य जया सुवेदी र कार्यकारी अधिकृत नवीनकुमार घिमिरे सदस्य रहने गरी उप–समिति गठन गरिएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगरले जानकारी दिए ।



यसअघि संघले व्यवसायीहरुको हितको लागि कोषहरु स्थापना गरेको थियो । ती कोषहरु समेत यसैमा समेटेर लैजाने गरी काम भइरहेको र कार्यविधि वनाउने काम अन्तिम चरणमा पुगेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन कुमार केसीले जानकारी दिए । उनले भने– संघले वनाएका यस अघिका कोषहरु पनि यसैमा गाभिने गरी कार्यविधि वनाउँदै छौं । कोषमा रहने रकम केही थोरै भएता पनि यसलाई बढाउँदै लैजाने आन्तरिक छलफल भएको अधिकृत घिमिरेले बताए ।

हाल रामेछाप उद्योग वाणिज्य संघमा एक हजार ७ सय ५० जना सदस्यहरु रहेका छन् । आफ्ना सदस्यहरुलाई संघले यसअघि विरामी पर्दा रामेछापमा रहेको रामेछाप सामुदायि अस्पताल, मन्थली अस्पताल र काठमाण्डौंको चावेलमा रहेको ओम अस्पतालमा १० देखी १५ प्रतिशतसम्म औषधी र उपचारमा छुट सुविधा दिदै आएको छ ।