रामेछाप । रामेछाप विमानस्थलवाट तीन निजी विमान कम्पनीहरुले रामेछाप–काठमाण्डौं हप्ताको तीन उडान भर्ने भएका छन् ।

यसअघि रामेछापका वासिन्दाले रामेछाप–काठमाण्डौं उडानको माग गर्दै आएता पनि विमान कम्पनीहरुले वेवास्था गर्दै आएका थिए । देशको विसम परिस्थीतीमा वर्षात सँगै आएको वाढीले चाडपर्व मनाएर राजधानी फर्कने यात्रुहरुको सुविधाको ध्यानमा राखी विमान कम्पनीहरुले सेवा दिनु पर्नेमा उक्त सेवा रामेछापका वासिन्दालाई नदिएको भन्दै हिजो शान्तिदिप युवा क्लवका युवाहरु र जेनजी युवाहरुले जिल्ला प्रशासन कार्यालय र सम्वन्धित वायु सेवा कम्पनीहरुलाई तीन दिनभित्र उडान भर्न माग पत्र पेश गरेका थिए ।
सोही माग पत्रको आधारमा विहिवार (आज) वाट तिहारसम्म तीन निजी विमान कम्पनीहरुले हप्तामा तीन उडान भर्ने सहमती भएपछि हप्ताको तीन दिन रामेछाप–काठमाण्डौं उडान हुने भएको हो । शान्तिदिप युवा क्लव, जेनजी समुह र सम्वन्धित तीन निजी वायुसेवाका प्रतिनिधिहरुसँग भएको छलफलवाट विहिवार समिट एयर, शुक्रवार सीता एयर र शनिवार तारा एयरले उडान भर्ने सहमती हिजो साँझ भएको हो ।


छलफलको क्रममा तिहार पछि हप्ताको एक उडान नियमित गर्ने समेत सहमती भएको र त्यसको लागि विमान कम्पनीहरुले सम्वन्धित नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी उडान तालिका सार्वजनिक गर्ने लिखित सहमती भएको शान्तिदिप युवा क्लवका अध्यक्ष सुरेश उदासले जानकारी दिए । जस अन्तर्गत वुधवार नै समिट एयरले नागरिक उड्डयन प्राधिकरणवाट उडान तालिका लिई सार्वजनिक गरीसकेको र अन्य दुई कम्पनीले पनि उडान अनुमती माग गर्ने जनाएका छन् । आज समिट एयरले रामेछापवाट यात्रु लिएर काठमाण्डौं उडान भर्ने तालिका रहेको छ ।


