रामेछाप । छिमेकी जिल्ला काभ्रेपलाञ्चोकको बनेमा रहेका दुईवटा सहकारीको गरी १४ करोड रुपैयाँ लिएर रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीका ३० बर्षिय कुमार गौतम फरार भएका छन् ।
सुनापति घर भएका गौतम लामो समयदेखी काभ्रेको बनेपामा बस्दै आएका थिए । गौतम वनेमा रहेको दोपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यस्थापक पदमा रहेर काम गर्दै आएका थिए । दुवै सहकारीमा जम्मा भएको १४ करोड रुपैयाँ लिएर उनी फरार भएपछि दुवै सहकारीका संञ्चालक समितिका पदाधिकारीहरु न्याय माग्न विभिन्न सरकारी निकाय धाउन थालेका छन् ।
दौपदा बचतमा जम्मा भएको रकम र उक्त सहकारीका सञ्चालकको समेत गरी करिव ५ करोड रुपैयाँ रकम गौतमले अपचलन गरेका छन् । त्यस्तै सोही सहकारीका सञ्चालक समितिका उपाध्उइा झम्कप्रसाद गौतमको ६५ लाख रुपैयाँ र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाख रुपैयाँ समेत लिएर गौतम फरार भएका हुन् ।
त्यसैगरी गौतम आफै कार्यकारी अधिकृत पदमा रहेर काम गर्दै आएको पुण्यश्वर सहकारीको चौंरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका ७ हजार २ सय सदस्यको ९ करोड रुपैयाँ खर्च गरेर उनी महिनौदेखी सम्र्पक बिहिन बनेको पिडीतले काभ्रे प्रहरीमा दिएको निवेदनमा उल्लेख गरेका छन् ।
गौतम बिरुद्ध त्यस सहकारीका सचिव गंङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताहरुले बनेपा नगरपालिका, सहकारी विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा वि.स.२०७९ साल पुस २६ गते जिल्ला प्रशासन कार्यावयमा पुण्यश्वर सहकारीले वचतकर्ताको रकम फिर्ता नदिई कार्यालय समेत बन्द गरेर संचालक गौतम फरार भएको भन्दै उजुरी दर्ता गराएका छन् ।
बचतकर्ताहरुको उजुरीको आधारमा फरार रहेका गौतमलाई आवश्यक कारवाहीको लागि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।