रामेछाप । रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमाना भएर बहने लिखु नदीमा पानीको सतह घट्दै जाँदा सानिमा ग्रुप द्धारा संञ्चालित श्वयतगंगा हाइड्रोपावर(तल्लो लिखु जलविद्युत परियोजना) को उत्पादनमा भारी गिरावट आएको छ ।
उक्त आयोजना अन्तर्गत वर्षादको समयमा २८.१ मेघावाट विद्युत उत्पादन हुँदै आएकोमा अहिले हिउँदको समयमा लिखु नदीमा पानी घटेसँगै हाल ९ मेघावाट मात्रै विद्युत उत्पादन हुँदै आएको हो । बिगतवर्षको तुलनामा यस वर्ष हिउँदको समयमा प्रयाप्त वर्षात नहुँदा सुख्खा बढेसँगै नदीको पानीको सतह क्रमिक रुपमा घट्दै जाँदा विद्युत उत्पादनमा भारी गिरावट आएको तल्लो लिखु जलविद्युत परियोजनाका आयोजना प्रमुख भोजराज पौडेलले जानकारी दिए
। उनले भने– हामीले यस आयोजनावाट २८ मेघावाट विद्युत उत्पादन गर्ने गरी आयोजना निमार्ण सम्पन्न गरेका छौं । गएको बर्षादको समयमा हामीले सोचेको भन्दा (प्वाइन्ट १ प्रतिशत) .१ अर्थात २८.१ मेघावाट विद्युत उत्पादन गर्न सफल भयौं । हाल बर्षादको अनुपातमा हिउँदमा नदीको पानीको सतह क्रमिक रुपमा घट्दा आयोजनाले अनुमान गरेको भन्दा पनि कम मात्रामा विद्युत उत्पादन भएको प्रमुख पौडेलले बताए ।
२०७४ मंसिर महिनावाट शुरुवात भएको उक्त आयोजनाको काम २०७९ कार्तिक १९ गते सम्पन्न भई उत्पादित विद्युत २३ किलोमिटर लाइन विस्तार गरी २०७९मंसिरमा केन्द्रिय प्रसारण लाइन अन्तर्गत मन्थली नगरपालिका–१३ फुलासीको साँखेमा रहेको न्यु खिम्ती सवस्टेसनमा जोडिएको हो ।
उक्त आयोजना रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ शिरिषेमा ड्याम्म कसी जम्मा गरिएको पानी ठाउँठाउँमा निमार्ण गरिएको ३ वटा टनेल बाट पानी सुरुङ्ग मार्ग हुँदै रातामाटामा रहेको विद्युत पावर हाउसमा पुर्याएर २ वटा टर्माइन मार्फत विद्युत उत्पादन गरेको हो । सो आयोजना निमार्ण सम्पन्न गर्न कुल ६ अर्ब ८६करोड रुपैया खर्च भएको आयोजनाका इन्जिनियर बिजय बस्यालले जानकारी दिए ।
उनले भने– आयोजना मार्फत उत्पादन भएको विद्युत हिउँदको समयमा सहजै केन्द्रिय प्रसारण लाइनमा जोडिएर खपत हुने गरेतापनि बर्षात लाग्नासाथ विद्युत उत्पादन बढ्ने र उत्पादित विद्युत सबै केन्द्रिय प्रसारणलाइनमा नजोडिदा समस्या भएको छ । हाल केन्द्रिय प्रसारणलाइनमा जोडिएको न्यु खिम्ती सवस्टेसनमा १ सय वाट क्षमताको ट्रान्सफरमर रहेकाले उत्पादित लोड धान्न नसक्दा उत्पादित विद्युत त्यसै खेर जाने गरेको छ । उक्त सवस्टेसनमा २ सय वाट क्षमताको ट्रान्सफरमर राख्न सके उत्पादित विद्युत सवै खपत हुने इन्जिनियर बस्यालले बताए ।