रामेछाप नगरले गर्यो ५४ लाख राजश्व संकलन

रामेछाप । रामेछाप नगरपालिकाकाले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ५४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

नगरले आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ८ लाख ८० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा गत साउन यता चैत मसान्त सम्ममा लक्ष्य भन्दा ४९ दशमलव ६४ प्रतिशत गरी ५४ लाख ६ सय ४३ रुपैयाँ मात्र राजश्व रकम संकलन गर्न सफल भएको रामेछाप नगरपालिकाका लेखा अधिकृत मदन सुुबेदीले जानकारी दिए ।

नौ वटा वडा रहेको रामेछाप नगरपालिकामा सबै भन्दा बढी वडा नं ७ सुकाजोरले सबैभन्दा बढी राजश्व रकम संकलन गरेको छ । सो वडा कार्यालयले ४ लाख ५२ हजार ४ सय ६४ रुपैयाँ राजश्व रकम संकलन गरेको छ भने सबै भन्दा कम वडा नं १ गोठगाउँले १ लाख ८२ हजार २ सय ३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै वडा नं २ देउरालीले २ लाख १३ हजार ८ सय, वडा नं ३ साँघुुटारबाट ३ लाख १७ हजार २ सय ९८ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । त्यसैगरी वडा नं ४ हिमगंगाबाट ३ लाख ६८ हजार ३ सय ३८ रुपैयाँ, वडा नं ५ रामपुरबाट २ लाख ८३ हजार ५सय ९५रुपैयाँ, वडा नं ६ ओख्रेनी बाट १ लाख ८७ हजार ८सय रुपैयाँ, वडा नं ८ रामेछापबाट २ लाख ५५ हजार ७ सय ४१ र वडा नं ९ रामेछापबाट २ लाख १६ हजार ७ सय ५ रुपैयाँ गरी ५४ लाख राजश्व रकम सङ्कलन भएको रामेछाप नगरपालिकाले जनाएको छ ।

त्यसैगरी रामेछाप नगरपालिकाको राजश्व शाखाबाट २९ लाख २२ हजार ५ सय ९८ रुपैयाँ राजश्व रकम सङ्कलन भएको छ । त्यस्तै यो अवधिमा चालु र पुँजीगत खर्च समेत गरी जम्मा ५० दशमलव ४२ प्रतिशत प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० मा नगरपालिकाले चालु तर्फ ४७ करोड, १६ लाख ८ हजार ४ सय ४१ रुपैयाँ विनियोजन गरेकोमा गएको चैत महिनासम्ममा कुल ५७ दशमलव ७६ प्रतिशत अर्थात् २७ करोड ७१ लाख २६ हजार ८सय ६१ रुपैयाँ खर्च भएको सो कार्यालयले जनाएको छ ।

नगरको पूँजीगत तर्फ ३१ करोड १२ लाख ५५ हजार ५सय ५८ रुपैयाँ विनियोजन गरेकोमा ३७ दशमलव ७९ प्रतिशत अर्थात् ११ करोड ७६ लाख ११ हजार रुपैयाँ मात्रै खर्च भएको छ । नगरले गरेको लक्ष्य अनुसार प्रगती हासिल हुन नसकेको रामेछाप नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत निरज पौडेलले जानकारी दिए ।

Scroll to Top