
काठमाण्डौ – सुनको भाउ सोमवार तोलामा दुई सय रुपैयाँले बृद्धि भएको छ ।

बजारमा आज सुनको भाउ तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजोको भन्दा आज तोलामा दुई सय रुपैयाँले बृद्धि भएको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन र चाँदीमा दैनिक रुपमा मूल्य थपघट हुँदै आएको छ ।
Post Views: 124