आइएमई प्रिभिलेज कार्डवाहकलाई सुमेरु अस्पतालमा दश प्रतिशत छुट

Posted on: August 27, 2018 | views: 61

काठमाडौं– आइएमई लिमिटेडको प्रिभिलेज कार्डवाहक सेवाग्राहीले अब राजधानीको सुमेरु अस्पतालमा दश प्रतिशत छुट पाउने भएका छन् । आईएमई र अस्पतालबीच सोमबार भएको सम्झौताका आधारमा सेवाग्राहीले यस्तो सुविधा पाउने भएका हुन् । 

सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले सुमेरु अस्पतालको सेवामा दश प्रतिशत विशेष छुट पाउनेछन् । आइएमईमा कार्यरत कर्मचारी र आइएमईका नीजि व्यवसायिक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको आईएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जानकारी दिएका छन् । 

घोषित सुविधा प्राप्त गर्न आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचयपत्र वा आइएमईमा आवद्व भएको प्रमाणपत्र अस्पतालको बहिरङ्ग (ओपीडी) शाखामा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र सुमेरु अस्पतालको तर्फबाट निर्देशक दीलिप डंगोलले हस्ताक्षर गरेका छन् । 

दुई पक्षबीच भएको यस्तो सम्झौता आगामी पाँच वर्षको लागि भएको पनि जनसम्पर्क व्यवस्थापक पौडेलले जानकारी दिएका छन् । आइएमईसँग आवद्ध सेवाग्राहीलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइएको पनि उनले बताएका छन् । 

रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा पुर्याउँदै आएको छ । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com