अप्पर तामाकोशीको साधारण सेयरमा आवेदन दिन सात कार्यदिन म्याद थपियो

Posted on: August 30, 2018 | views: 365

काठमाडौं– स्थानीय दोलखावासीका लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले जारी गरिरहेको १० प्रतिशत सेयरमा आवेदन गर्ने समय सात कार्यदिन थपिएको छ । स्थानीय जनप्रतिनिधिमार्फत त्यहाँका नागरिकले गरेको आग्रहबमोजिम आयोजनाले एक साताको समय थप गरेको हो । 

पूर्वनिर्धारित समयमो अन्तिम दिनसम्म पनि सेयर भर्नेहरूको भीड जारी रहेपछि स्थानीयबासिन्दाले समय बढाउन बिक्री प्रबन्धकलार्इ अनुरोध गरेका थिए । सोही अनुसार समय बढाउन अपिल गरेपछि धितोपत्र बोर्डले समय थप गर्न अनुमति दिएको हो । यद्यपि आयोजनाले माग गरेको सेयरवापतको रकम भने यसअघि नै सङ्कलन भइसकेको छ । तर हरेक दोलखालीको हातमा तामाकोशीको सेयर पुर्याउने उद्देश्यअनुसार आयोजनाले आवेदन संख्या बढाउनका लागि समय थप गरेको जनाएको छ । 

थप भएको समयअनुसार अब आयोजना प्रभावित जिल्लाका बासिन्दाले भदौ २२ गतेसम्म दोलखा जिल्लाबाट आवेदन गर्न पाउनेछन् । कम्पनीले गत साउन १६ गतेदेखि दोलखावासीका लागि आयोजनाले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका एक करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । 

उक्त आईपिओमा भदौ १ गतेसम्म काठमाण्डौंबाट पनि आवेदन गर्न सकिने सुविधा दिईएको थियो । ईच्छुक जिल्लावासीले उक्त आईपिओमा न्यूनतम ३० कित्तादेखि अधिकतम तीन सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन भने जन्मदर्ता प्रमाणपत्रकै आधारमा २० वर्षसम्मका किशोर–किशोरीले नागरिकता प्रमाणपत्रबिनै आवेदन दिन पाउने सुविधा प्रदान गरिएको छ । दोलखाबासीलाई आयोजनाले विभेदपूर्ण तरिकाले अतिप्रभावित, कम प्रभावित र प्रभावित गरि तीनवटा वर्गमा बाँडेर आवेदन सङ्कलन गरिरहेको छ । 


१६ देखि २० वर्षे किशोर–किशोरीलाई तामाकोशीको सेयर आवेदन गर्न नागरिकता नचाहिने

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com