बबिता बानियाँको कटाक्षः बिपीको हरियो रुख देउबाले सुकाए, रुख र हसिँया मिल्दा पनि सकेनन् घाम छेक्न

Posted on: August 03, 2017 | views: 830

काठमाडौं, १९ साउन २०७४– लोक तथा दोहारी गायिका बबिता बानियाँले वर्तमान राजनीति र राजनीतिक नेतृत्वप्रति कडा कटाक्ष गर्दै ‘जेरी वाचन–२’ बजारमा ल्याएकी छिन् । गाईजात्रा पर्व नजिकिदै गर्दा गायक तथा कलाकारहरुले गाईजात्रे सामाग्रहीहरु तयार गर्ने र सार्वजनिक गर्ने क्रममा बानियाँले सो सामाग्री सार्वजनिक गरेकी हुन् । 

आफ्नो गाईजात्रे झटारोमार्फत उनले वर्तमान प्रधानमन्त्रीदेखि लोकगायिका कोमल ओलीसम्मलाई हिर्काएकी छिन् । जनताले सोधेको प्रश्नको जवाफ दिन नसक्ने, जनसम्बोधनको सट्टा ज्ञापनपत्र पढ्नेलगायतका विषयमाथि व्यङ्ग्य गरिएको छ । ‘त्यो ज्ञापनपत्र पढ्ने ठाउँमा लभलेटर पढिदिएको भए के हुन्थ्यो ?’ जेरीबाचनमा व्यङ्ग्यात्मक प्रश्न गरिएको छ भने राप्रपाका कमल थापा प्रधानमन्त्री बन्नसक्ने सम्भावनालाई जेरीले व्यङ्ग्यात्मक पारामा यसरी प्रहार गरिएको छ, हेर्नुहोस् पूरा भिडियो–

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com