‘छक्कापञ्जा–२’ को ‘फस्र्ट लुक’ पोष्टर सार्वजनिक

Posted on: August 06, 2017 | views: 251

काठमाडौं, २२ साउन २०७४– निर्माणको क्रममै चलचित्रमा समावेश गरिएको गीतसम्बन्धी विवादमा तानिएको चलचित्र ‘छक्कापञ्जा–२’ को ‘फस्र्टलुक’ पोस्टर सार्वजनिक गरिएको छ । गतवर्षको सुपरहिट चलचित्र ‘छक्कापञ्जा’ सिक्वेल ‘छक्कापञ्जा २’ को फस्र्ट लुक सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको हो । 

चर्चित हास्य कलाकार दिपकराज गिरी र कलाकारहरु बुद्धी तामाङ, प्रियङ्का कार्की, वर्षा राउत, जितु नेपाल र स्वस्तिमा खड्काको फिचरिङ रहेको पोस्टर फिल्मको लागि निर्देशक एवम् निर्मात्री समेत रहेकी दीपाश्री निरौलाले फेसबुक पोस्टमार्फत रिलिज गरेकी हुन् ।

जसमा तीनजना अभिनेत्रीहरु बेहुलीको भेषमा देखिएका छन् । चलचित्र आउँदो असोज ११ गते (दसैंको अवसर) मा देशव्यापी रुपमा सार्वजिनक हुँदैछ । आमा सरस्वती मुभिजको ब्यानरमा दिपक दीपाले निर्माण गरेको चलचित्रमा पोस्टर बाहेकका स्वरुप पुरुष ढकाल, किरण केसी, शिवहरि पौडेल, निश्चल बस्नेत लगायतको अभिनय रहेको छ । फिल्मको पटकथा र संवाद संयुक्त रुपमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले लेखेको बताइएको छ । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com