भर्सस्टाइल गायिका कर्माचार्यको ‘विस्तारै विस्तारै’को सफलतासँगै ‘आकाशको तारा’ सार्वजनिक

Posted on: August 17, 2017 | views: 391

काठमाडौं, १ भदौ २०७४– दुई वर्षअगाडि नेपाली गीतसंगीतलाई नियाल्दा युवा पुस्ताले रुचाएको एक गीत थियो ‘विस्तारै विस्तारै’ । यो गीतको सफल्तासँगै वर्षा कर्माचार्यको नामको अगाडी थपिएको उप–नाम थियो, सफल गायिका वर्षा कर्माचार्य । उनै गायिका कर्माचार्यले नयाँ गीतसहित म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

भर्सस्टाइल गायिका वर्षा कर्माचार्यले केही दिन अगाडी मात्र आफ्नै युट्युव च्यानल मार्फत ‘आकाशको तारा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । पछिल्लो समय चलचित्रमा निकै ब्यास्त रहेका संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा समावेश रहेको गीतलाई एरेञ्जपनि हरकुलिशले नै गरेका छन् ।

हाल अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मनपराउने आसामा रहेको बताइन् । वर्षाले भनिन– ‘म सधैँ आफ्नो गीतमा दर्शकलाई केही फरकपन दिन खोज्छु । यो गीतमापनि मैले दर्शकलाई नयाँपन दिन खोजेकी छु ।’

वर्षाले विदेशमा बसेरपनि नेपाल र नेपाली गीत,संगीत कलालाई धेरै माया गर्ने बताउछिन् । उनी भन्छिन्, ‘नेपाली साङ्गीतिक क्षेत्रलाई सधै योगदान गर्दै, विश्वमा नेपाली गीतलाई माथि पुर्‍याउने सोच रहेको छ ।’ धिरज अधिकारीको निर्देशन तथा सम्पादनमा बनेको म्युजिक भिडियोमा स्वयंम गायिका वर्षासंगै शिव गुरुङ फिचरिङ छन् । यस म्युजिक भिडियोमा मेकअप र कोरियोग्राफी पनि गायिका वर्षाले नै गरेकी छिन् । प्रकाश राईको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा गायिका वर्षाको गायनसंगै अभिनयपनि उत्कृष्ट रहेको छ ।

हेर्नुस् म्यूजिक भिडियो– 



Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com