तीज नसकिदै आयो दसैंका गीत, सुन्नुहोस् यो मनछुने गीत

Posted on: August 25, 2017 | views: 450

काठमाडौं, ९ भदौ २०७४– करिब दुई महिनादेखि बजारमा जताततै तीजका गीत घन्किरहेका छन् । नेपाली महिलाहरुले बिहीबार तिज पर्व मनाए पनि त्यसैको एक अंश ऋषिपञ्चमी भोलि मनाइँदैछ । यसर्थ तिजको गीत बज्न अझै कम भएको छैन तर तिज नसकिदै दसैँका गीतहरु गुञ्जिन थालिसकेका छन् । 

तीज गीत जापानीज साडीबाट खुवै चर्चा पाएका प्रेम सापकोटा सोनुले दसैंको नयाँ गीत ‘दुःखको हावा’ सार्वजनिक गरेका छन् । तीजकै दिन अर्थात् भदौ ८ गते (अगस्ट २४ मा) युट्यूवमार्फत सार्वजनिक गरिएको गीतले विशेषगरी परदेशिएका नेपालीहरुको मन छुने विश्वास गायक सापकोटाले गरेका छन् । 

दुई दिनमा करिब १४ सयपटक हेरिएको गीतमा गायन, लय, शब्द, अभिनय तथा निर्देशन समेत सोनुले नै गरेका छन् । विदेशमा रहेको छोराले गाँउमा रहेका आफ्नो बुवालाई सन्देश दिन खोजेको उनको गीतलाई सोनुले पहिलो पटक आफ्नै युट्यूब च्यानलमार्फत अपलोड गरेका हुन् । 

हेर्नुस्, गीतको म्युजिक भिडियो यस्तो छ–


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com