‘छक्का पञ्जा २’ ले मनायो ५१औ“ दिनको खुसीयाली

Posted on: November 19, 2017 | views: 170

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ ले प्रदर्शनको ५१औं दिन पुगेको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै खुसीयाली साटासाट गरेको छ । असोज ११ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले कात्तिक ३० गते ५१ दिन पार गरेको हो ।
बिहिबार राजधानीमा आयोजित कार्यक्रममा सो चलचित्रमा अभिनय गरेका कलाकार, प्राविधिक तथा हल सञ्चालकलाई मायाको चिनो तथा सम्मान पत्र वितरण गरिएको थियो ।
छक्का पञ्जाको सफलतापछि एक संस्थालाई एम्वुलेन्स प्रदान गरिए जस्तै छक्का पञ्जा २ को आम्दानीबाट ग्रामिण अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्ने निर्माण टिमले घोषणा समेत सो अवसरमा गरेको छ ।
कार्यक्रममा निर्देशक दिपाश्री निरौला, अभिनेता दिपकराज गिरी, कलाकारहरु शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिका खड्का, स्वरुप पुरुष ढकाल, गौरव पहारी, लक्ष्मी गिरीलगायत प्राविधिक टोली उपस्थित थिए ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com